हनुमान ढोका परिसरमा भदौ २२, २४, २५ र २९ गतेका दिन सवारी प्रवेश निषेध
काठमाडौँ महानगरपालिकाले भदौ २२, २४, २५ र २९ गतेका दिन हनुमानढोका दरबार क्षेत्र वरपरमा सवारी प्रवेश निषेध गरेको छ । इन्द्र जात्रा २४ गते परम्परागत सांस्कृतिक तथा सामाजिक गतिविधिलाई निर्वाध बनाउन माहानगरले सवारी प्रवेश निषेध गरेको हो ।
जात्रालाई राष्ट्रिय रुपमा अपनत्व बोध गराउन काठमाडौँ महानगरपालिकाले आन्तरिक भगिनी सम्बन्ध भएका नगरबाट र काठमाडौँका पालिकाहरुबाट प्रमुख र उपप्रमुखलाई जात्रा अवलोकन गर्न बोलाएको छ । त्यसैगरी अन्तरराष्ट्रिय रुपमा प्रवर्धन गर्न महानगरको अन्तरराष्ट्रिय भगिनी सम्बन्ध भएका १८ नगरसँगै दक्षिण एशियाली ७ वटा मुलुकका राजधानी सहरबाट प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरेका छ ।
फोटो सम्बार काठमाडौँ महानगरपालिका



