अनिल शर्मालाई काठमाडौं १ बाट उठाउने प्रचण्डको तयारी
आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दलहरुले आ आफ्नो तयारी थालेका छन् । सत्ता गठबन्धनले प्रत्यक्षतर्फको १६५ सिटमा बाँडफाँडको टुँगो लगाउँदैछ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार कांग्रेसले ९०, माओवादी केन्द्रले ४०, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले १८, उपेन्द्र यादवको जसपाले १६ र जनमोर्चाले १ सिटको भागबण्डा भएको छ ।
काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये गठबन्धनको दोस्रो घटक माओवादी केन्द्रले तीनवटा सीट दाबी गर्ने र कम्तिमा २ वटा निर्वाचन क्षेत्र प्रतिनिधिसभातर्फ र प्रदेशतर्फ २० मध्ये कम्तिमा ५ सीट दाबी गर्ने भएको छ ।
विद्यार्थी राजनिति बाट उदायका युवा नेता तथा माओवादी केन्द्रिय सदस्य अनिल शर्मालाई काठमाडौं क्षेत्र न. १ मा पुनः अघि सार्ने प्रचण्डको तयारी रहेको छ । देश भरीनै स्वत्रन्त्र र युवालाई चुनावमा उठाउनु पर्छ भन्ने लहर चलिरहेको बेला अनिल शर्मालाई काठमाडौं निवार्चन क्षेत्र न. १ बाट उठाउदा चुनाव जित्न सकिने माओवादी केन्द्रको आकलन रहेको छ । अघिल्लो चोटी निर्वाचन हारेर पनि शर्माले निरन्तर रुपमा निर्वाचन क्षेत्र न. १ मा विभिन्न किसिमका सामाजिक तथा बिकास निर्माण सम्बन्धि कार्य गर्दे आउनुभएको छ । सामाजिक व्यक्तिव बिकास प्रेमि भएका कारणले पनि यस चोटी अनिल शर्मालाई नै चुनाव जित्याउनु पर्छ भनेर बाताउनु हुन्छ नयाँ बानेश्वरका स्थानिय कृष्ण श्रेष्ठ । पटक पटक चुनाव जित्दै आएका नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले यो क्षेत्र आफनो लागि सुरक्षित नहुने देखे पछि निर्वाचन क्षेत्र परिवर्तन गरि काठमाडौं निर्वाचन क्षेत्र न. ७ बाट चुनाव लड्ने बुझिएको छ । यसले गर्दा पनि पाँच दलिय गठबन्धनको एकल उम्मेदवार अनिल शर्मा नै हुने अनुमान गरिएको छ ।