विजुलीको संकट, राति १० बजेअघि नै विवाह सक्नु पर्ने पाकिस्तानमा
पाकिस्तानको राजधानी इस्लामावादमा विजुलीको अभाव भएको छ ।
राजधानीमा नै विजुलीको संकट आएपछि इस्लामावाद प्रशासनले राति १० बजेसम्ममा विवाहका कार्यक्रम सक्न आदेश दिएको छ ।कुनै पनि वैवाहिक कार्यक्रम आयोजना गर्ने हल, होटल र रेष्टुरेन्ट वा पार्टी प्यालेस जहाँ सुकै आयोजना भए पनि विवाह समारोह राति १० बजे अघि नै सक्नु पर्ने छ । यो आदेश अबको दुई महिनासम्म कायम रहने छ ।