यू-१९ महिला विश्वकप छनोट : नेपालले २५ रनले हरायो मलेसियालाई
आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको छ ।
यसअघि नै दुई खेलमा पराजित हुँदै विश्वकप पुग्न असफल भएको नेपालले सुखद नतिजासहित प्रतियोगिता सकाएको हो ।पाँच खेलमा तीन खेल जित्दै ७ अंक जोडेर नेपाल तेस्रो भयो ।मलेसियाको बाँगीस्थित युकेएम वाईएसडी क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ८६ रन बनाएको थियो ।