युक्रेन संकटबारे अमेरिकी राष्ट्रपति बाइडेनले साझेदारहरुसँग छलफल गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन संकटबारे साझेदारहरुसँग छलफल गर्ने भएका छन् । राष्ट्रपतिले रुसलाई जवाफदेही बनाउन कसरी समन्वय गर्ने भन्ने विषयमा मंगलबार साझेदारहरुसँग छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ ।
पछिल्ला दिनमा रुसले आफ्नो हमलालाई पूर्वी युक्रेनमा केन्द्रित गरेको छ ।