रूसले प्रयोग गर्ने १०० बिमानको मर्मतमा अमेरिकाको प्रतिबन्ध
अमेरिकाले रूसले प्रयोग गर्ने १०० विमानको मर्मत सम्भारमा प्रतिबन्ध लगाउने बताएको छ।
द किभ इन्डिपेन्डेन्टअनुसार यी मध्ये एउटा हवाइजहाज रूसी अर्बपति रोमन अब्रामोभिचको हो।
संयुक्त राज्य अमेरिकाको पेन्टागन प्रमुख लोइड अस्टिनले युक्रेनमा आफूहरू न त युद्धमा प्रत्यक्ष संलग्न हुने न युक्रेनी आकाशलाई रूसी उडान विरोधी क्षेत्र स्थापना गर्ने बताए।
युक्रेनका सशस्त्र फौजका जनरल स्टाफका अनुसार रूसले युक्रेनविरुद्धको आक्रमणको समर्थन गर्न आर्मेनियाको १०२ औं रूसी सैनिक बेसबाट आफ्नो फौज तैनात गर्ने योजना बनाएको थियो। तर फेब्रुअरी २४ मा रूस निकट मानिने डोनेट्स्क र लुहान्स्कका नागरिकले सुरक्षाको लागि मदत मागेपछि रूसले युक्रेनमा विशेष सैन्य परिचालन सुरू गरेको रूसले दाबी गर्दै आएको छ।
रूसले यूक्रेनमा आफ्नो सैन्य परिचालन रोक्न अन्तरराष्ट्रिय समुदायबाट अत्यधिक दबाबको सामना गर्दै आएको छ। रूसको आक्रमणपछि युक्रेनबाट हजारौं शरणार्थीहरू छिमेकी देशहरूबाट पश्चिमी मुलुक प्रवेश गरेका छन्।