युक्रेनमाथि रूसी आक्रमणबारे प्रधानमन्त्री देउवा र अमेरिकी विदेश मन्त्रीबीच कुराकानी
युक्रेनमाथि रूसी आक्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच कुराकानी भएको छ। उनीहरूबीच मंगलबार बेलुकी टेलिफोनमा कुराकानी भएको हो।
आफूहरूबीच रूसले युक्रेनमाथि गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेश मन्त्री एन्टोनीले उल्लेख गरेका छन्।
रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति हाम्रो समर्थनबारे प्रधानमन्त्री देउवासँग कुराकानी भयो,’ ट्वीट गर्दै उनले भनेका छन्, ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्नेछौं।’
नेपालको संसदबाट एमसिसी पारित भएपछि अमेरिकी विदेश मन्त्रीले प्रधानमन्त्री देउवासँग कुरा गरेका हुन्।