पन्जाबमा आम आदमीलाई दुई तिहाइ बहुमत !
भारतको पन्जाब राज्यमा आम आदमी पार्टी (आप)ले दुई तिहाइ बहुमत हासिल गर्ने संकेत देखिएको छ ।
विधानसभा निर्वाचनमा पन्जाबका ११७ सिटमध्ये आम आदमीले ८८ सिटमा अग्रता लिएको छ । पन्जाबमा सरकार बनाउनका लागि चाहिने बहुमत भनेको ५९ सिट हो । दुई तिहाइ बहुमतका लागि ७८ सिट जित्नुपर्छ । तर अहिलेसम्मको मत परिणाममा आम आदमी ८८ सिटमा अघि छ । यही अग्रता कायम रहे आम आदमीले पन्जाबमा दुई तिहाइ बहुमतको सरकार बनाउने छ ।
आम आदमी सन् २०१७ मा भएको विधानसभा निर्वाचन भन्दा ६८ सिटमा अगाडि छ । कांग्रेस, भाजपा लगायत दल आम आदमीभन्दा निकै पछि छन् ।
भारतको राजधानी दिल्लीमा पहिलेदेखि नै आम आदमी नेतृत्वको सरकार छ । पार्टीका अध्यक्ष अरविन्द केजरीवालले आठ वर्षदेखि दिल्ली सरकारको नेतृत्व गरिरहेका छन् । उनले दिल्लीमा खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत, सामाजिक सुरक्षा भत्ता लगायतका क्षेत्रमा गरेका काम जनप्रीय छन् ।