सर्वोच्चको निर्णयपछि एमाले एकता हुन्छ: गौतम
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा एमालेको एकता सर्वोच्चको निर्णय आएपछि हुने बताएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा उनले आफूले केही समय अघि सर्वोच्चको निर्णय आएपछि 'खुसीको खबर आउने' बताएको समेत उल्लेख गरेका छन्।
'आज बिहान ८ बजेसम्म एकता हुने र खुसीको खबर आउने भन्ने थियो। तर मैले अलिक धेरै पहिले भनेको थिएँ, त्यो खुसीको खबर सर्वोच्चको निर्णय आएपछि हुन्छ', गौतमले भने।
'सर्वोच्चको निर्णयपछि फेरि पनि एकता हुन्छ। एकीकृत पार्टीको जिम्मेवारी निर्वाह गर्नेछौँ', गौतमले भने।