वामदेव : राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था राखौं
नेकपा एमालेका उपाध्यक्ष एवम् राष्ट्रिय सभाका सांसद वामदेव गौतमले राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था आवश्यक रहेको बताएका छन्। नेपालको संविधानले प्रतिनिधि सभाको सदस्यमात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेको छ।
'मैले पोहोर साल एउटा विषय उठाएको थिएँ। मलाई प्रधानमन्त्री अध्यक्ष कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नुभयो। मैले मानिनँ। 'त्यसो भए राष्ट्रिय सभामा उठ्नुस्' भन्नुभयो। मैले उठ्दिनँ भनें,’ राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै वामदेवले भने,‘किन उठ्नुहुन्न' भन्नुभयो? मैले भनें-राष्ट्रिय सभा र प्रतिनिधि सभाको बीचको विभेद अन्त्य गरिदिनुहोस्।’
प्रधानमन्त्रीले कसरी हुन्छ विभेद अन्त्य भनेर सोध्दा आफूले 'राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था राख्नुहोस्' भनेको उनले बताए।