अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री देउवा भेटे
प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ।
बिहीबार बिहान बुढानिलकण्ठस्थित देउवा निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। उनले ट्वीट गर्दै आफ्नो नयाँ कार्यकालमा नेपाल-अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गर्ने बताएका छन्।
यसअघि मंगलबार प्रधानमन्त्रीको सपथ सकिनासाथ राजदूत बेरीले सामाजिक सञ्जालमार्फत् बधाई दिएका थिए। उनले मंगलबार राति नै फोन गरेर बधाई समेत दिएका थिए।