नेपाल वायुसेवा निगमलाई सरकारले निजीकरण गर्न खोज्यो: बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडका रूपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने तयारी सरकारले गरेको भन्दै विरोध गरेका छन्।
निगमको निजीकरणबारे आइतबार सार्वजनिक अपिल सार्वजनिक गर्दै भट्टराईले प्रधानमन्त्री ओलीले आफू निकटका मानिसलाई पोस्नका लागि निगमनलाई निजीकरण गर्न खोजेको आरोप लगाएका छन्।
भट्टराईले निगमबारे चार बुँदामा सरकारलाई प्रश्न पनि राखेका छन्।
‘नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रूपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी वर्तमान कामचलाउ ओली सरकारबाट जुन प्रपञ्च हुन गइरहेको छ, त्यो अत्यन्त निन्दनीय र घृणित रहेको छ,’ भट्टराईले आज सार्वजनिक गरेको अपिलमा उल्लेख छ।