सर्वोच्चको फैसलाले अराजकता निम्तिएमा न्यायालय जिम्मेवार : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वाेच्च अदालतको फैसलाले देशमा अस्थिरता र अराजकताको श्रृंखला कायम भएमा न्यायमूर्तिहरु र न्यायलय पनि जिम्मेवार ठहरिने बताएका छन् ।
संसद पुनस्थापनासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वाेच्च अदालतले दिएको परमादेशप्रति आफ्नो धारणा सार्वजनिक गर्दै उनले फैसलाले नेपालको राजनीतिमा दूरगामी नकारात्मक प्रभाव पार्ने निश्चित रहेको उल्लेख गरेका छन् ।