घिमिरेलाई विद्युत् उत्पादन कम्पनीमा प्रमुखका रूपमा काम गर्न रोक
विद्युत उत्पादन कम्पनी लिमिटेडले प्रवन्ध सञ्चालक (कार्यकारी प्रमुख) अनन्तराज घिमिरेलाई प्रवन्ध सञ्चालकका रुपमा काम गर्न रोक लगाएको छ ।
मंगलबार बसेको कम्पीको सञ्चालक समिति बैठकले मध्यपश्चिम विश्वविद्यालयबाट आएको पत्रबारे स्पष्ट गर्न घिमिरेलाई १५ दिनको समय दिएको छ । सो अवधिसम्म घिमिरेलाई कार्यकारी प्रमुखको हैसियतमा गर्ने काम गर्न रोक लगाइएको कम्पनी स्रोतले जनाएको छ ।
घिमिरेले दोहोरो सुविधा उपभोग गरेको देखिएको भन्दै विश्वविद्यालयले ऊर्जा सचिवलाई पत्र लेखेर नियुक्ति सम्बन्धमा आधिकारिक जानकारी गराइदिन भनेको थियो ।