खनाल-नेपालसहितको स्थायी कमिटी बैठक बोलाउँदै ओली
एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार खनाल-नेपाल समूहका नेताहरू पनि सहभागी हुने गरी स्थायी कमिटी बैठक बोलाउन पछिल्ला दिनहरूमा अनौपचारिक छलफलहरू भइरहेका छन्।
'प्रधानमन्त्रीज्यूले यसअघि नै पार्टी एकताका लागि छ बुँदे प्रस्ताव सार्वजनिक गरिसक्नुभएको छ। त्यसैको वरिपरि रहेर कुराकानी भइरहेको छ,’ ज्ञवालीले भने,‘छिट्टै बैठक बोलाउने तयारी छ।’
यसअघि एमाले अध्यक्ष ओलीले जेठ २३ मा वक्तव्य जारी गर्दै पार्टीभित्रको विवाद समाधानका लागि छ बुँदे प्रस्ताव अघि सारेका थिए।