गोरखामा निषेधाज्ञा एक साता थपियो
गोरखामा निषेधाज्ञा एक साता थपिएको छ । गोरखामा गत बैशाख २२ गतेदेखि गोरखामा निषेधाज्ञा सुरु भएको थियो ।
डिसिसिएमसीको बैठकले गोरखामा सक्रिय संक्रमितको संख्या सात सय हाराहारी रहेको र केही पिसिआर रिपोर्ट आउन समेत बाँकी\
रहेकाले संक्रमण दर अझै नघटेको निश्कर्ष सहित तत्काल निषेधाज्ञा नखोल्ने निर्णय गरेको हो ।