देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगे
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन्।
सोमबार मध्यान्ह प्रचण्ड देउवा निवास पुगेका हुन्। स्रोतकाअनुसार अहिले देउवा र प्रचण्डबीच भेटवार्ता जारी छ।
‘उहाँ मध्यान्ह १२ बजेतिर बुढानिलकण्ठ आउनुभएको हो। छलफल जारी छ,’ एक नेताले भने। यसअघि प्रचण्डले कोटेश्वर पुगेर माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।
कांग्रेस, माओवादीलगायत ५ विपक्षी गठबन्धनले देउवालाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका थिए।
प्रतिनिधि सभा विघटनविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका गठबन्धनले प्रतिनिधि सभा विघटनबारे सर्वोच्चको फैसला कुरिरहेका छन्।