प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, सबै मन्त्री दोहोरिए
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।
एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष सपथ लिएका छन् ।