प्रधानमन्त्री पदमुक्त भएपछि दलहरूलाई नयाँ सरकार बनाउन राष्ट्रपतिले आह्वान गर्नुहुन्छ: नेम्वाङ
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नजुटेमा राष्ट्रपतिले संविधानअनुसार नयाँ सरकार बनाउन दलहरूलाई आग्रह गर्ने बताएका छन्।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वास मत लिने प्रस्ताव लैजाँदैछन्। नेकपा एमालेभित्रै विवाद रहेको र नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रले मत नदिने र जसपा तटस्थ बस्ने अवस्थामा प्रधानमन्त्रीलाई विश्वासको मतको जोहो गर्न गाह्रो हुने देखिएको छ।
एमाले नेता माधव नेपाल पक्षले आफूहरूका माग सम्बोधन नभए सामूहिक राजीनामा दिने बताइरहेका छन्।
यस्तो अवस्थामा प्रधानमन्त्रीले यदी विश्वासको मत लिन नसकेमा राष्ट्रपतिले दलहरूलाई नयाँ सरकार बनाउन समय दिने नेता नेम्वाङ बताउँछन्।