एमाले फुटको नजिक, अहिले को कता
अन्ततः नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । एमाले नेता माधवकुमार नेपालले नयाँ दल खोल्न लागेको खुलासा गरेपछि फुट्ने निश्चितप्रायः भएको हो । नयाँ दल निर्माणको खाका समेत तयार भइसकेको छ ।
एमालेको विघटित प्रतिनिधि सभामा माधव नेपाल समूह कमजोर भएपनि नवौं महाधिवेशनको निर्वाचित पदाधिकारीमा बलियो रहेको छ । तर, निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिव बाहेक निर्वाचित कमिटी नै भंग गरेर नयाँ स्थायी कमिटीको घोषणा गरेका थिए । जसलाई नेपाल समूहले मानेको छैन ।
फुटको नजिक पुगेको एमालेमा माधव नेपाल समूह नवौं महाधिवेशनको निर्वाचित पदाधिकारी र स्थायी कमिटीको आधारमा बहुमतv छ
नवौं महाधिवेशनमा एमालेमा १४ पदाधिकारीमध्ये ५ जना पदाधिकारी ओली पक्षमा छन् ।
पछिल्लो संख्यालाई आधार मान्दा ७ जना पदाधिकारी माधव नेपाल पक्षधर छन् । उपाध्यक्ष निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकाले उक्त पद खाली भएको थियो । निर्वाचित उपाध्यक्ष बामदेव गौतम तटस्थ छन् । स्वतः वरिष्ठ नेता बनेका झलनाथ खनाल र मनोनयन गरिएका वरिष्ठ नेता माधवकुमार नेपालसहित पदाधिकारी जोड्दा ७ जना नेपाल समूहमा देखिएका छन् । बामदेव गौतम महत्वपूर्ण पदसहित नेपाल समूहका जाने बुझिएको छ ।
नेकपा एमालेको स्थायी कमिटिमा १० जना ओली पक्षमा छन् भने १३ जना माधव नेपाल पक्षमा छन् । नवौं महाधिवेशनमा नेपाल समूहबाट महासचिवको चुनाव लडेका सुरेन्द्र पाण्डे ओली समूहमै फर्किएका छन् । पदाधिकारी र स्थायी कमिटीमा बराबर जस्तै अवस्था छ।
एमाले विभाजित हुँदा नवौं महाधिवेशनको निर्वाचित कमिटीको आधा आधा जस्तो दुवैतर्फ पर्ने देखिन्छ । एमाले ठिक आधा आधा जस्तो हुन्छ ।
यसरी नेकपा एमालेको नवौं महाधिवेशनको निर्वाचित पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटीलाई आधार मान्दा ओली र नेपाल समूह दुवैमा आधा आधा शक्ति देखिन्छ । एमाले फुट्दा दुवैतर्फ आधा आधा संख्या रहनसक्छ ।
केपी शर्मा ओली पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य
केपी ओली, अध्यक्ष
इश्वर पोखरेल, महासचिव
प्रदिप ज्ञवाली, सचिव
पृथ्वी सुब्बा गुरुङ, सचिव
विष्णु पौडेल, उपमहासचिव
सुरेन्द्र पाण्डे
स्थायी कमिटी सदस्य
शंकर पोखरेल
सत्यनारायण यादव
सुवास नेम्वाङ
विष्णु रिमाल
माधव नेपाल-झलनाथ खनाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य
माधवकुमार नेपाल, वरिष्ठ नेता
झलनाथ खनाल, वरिष्ठ नेता
अष्टालक्ष्मी शाक्य, उपाध्यक्ष
भिम रावल, उपाध्यक्ष
युवराज ज्ञवाली, उपाध्यक्ष
घनश्याम भुषाल, उप महासचिव
भिम आचार्य, सचिव
योगेश भट्टराई
स्थायी कमिटी सदस्य
मुकुन्द न्यौपाने
रघुजि पन्त
बेदुराम भुषाल
अमृत बोहोरा पदेन स्थायी कमिटी सदस्य