स्वाब लिँदै गोरखा नगरपालिका
गोरखा नगरपालिकाले वडा स्तरमा स्वाब संकलन सुरु गरेको छ । बिहिवार देखि बैशाख ३० गते सबै सबै वडामा स्वाब संकलन गर्ने गरी नगरपालिकाले सार्वजनीक सुचना जारी गरेको छ ।
पहिलो दिन वडा नम्बर ६,७, ८ ११ र १२ मा एक सय २१ जनको स्वाब संकलन गरिएको छ । यी मध्ये ४३ महिला र ७८पुरुष रहेका छन् ।
बैशाख २४ गते वडा नम्बर ८ को रेडक्रस उपशाखा गोनपा ८ आहालेको भबन, १३, १४ को गोरखकाली रबर उद्योग परिसरमा स्वाब लिईने स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए ।
२६ गते वडा नम्बर १ को कार्यालय नजिकै शिवालय थान, २ र ४ को कोखे आहाले शहरी स्वास्थ्य केन्द्र भबनमा स्वाब लिईनेछ ।

२८ गते वडा नम्बर ३ को नारेश्वर स्वास्थ्य चौकी, ५ को पश्लाङ चौतारा गोनपा ५ मा स्वाब संकलन गरिने नगरपालिकाले जनाएको छ । ३० गते गोनपा ९ र १० को मनकामना बहिरा विद्यालयका गेट अगाडी र गोनपा १० को शहरी स्वास्थ्य केन्द्र छेवेटारमा स्वाब लिईने स्वास्थ्य शाखा प्रमुख रेग्मीले बताए ।
‘भारत वा अन्य मुलुकबाट, संक्रमण फैलिएको जिल्ला वा क्षेत्रबाट आएकाहरुलाई प्राथमिकतामा राखेर पिसिआर जाँचका लागि स्वाब संकलन गर्न लागेका हौँ’ गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले भने ‘कोरोनाको मिल्दोजुल्दो लक्षण भएका, संक्रमण देखिएकाहरुको पनि स्वाब लिनेछौँ ।’अस्पताल तथा स्वास्थ्य चौकीबाट फिबर पहिचान भएकाहरुको पनि स्वाब लिईनेछ ।
आफुलाई पाएक पर्ने जुनसुकै ठाउँमा पनि नगरबासीले स्वाब दिन सक्ने नगरपालिकाले जनाएको छ ।सर्वसाधारण नागरिकको सजिलोका लागि वडा तहमा स्वाब संकलन गर्ने निर्णय गरिएको नगरप्रमुख राजनराज पन्तले बताए ।
साभार : दरौंदी गोरखाको पहिलो पत्रिका