माधव नेपालको नयाँ दलमा योगेश भट्टराई र गोकर्ण विष्ट उपमहासचिव
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल खोल्ने भएका छन् । उनले यसै हप्ता दल दर्ताको तयारी गरेका छन् । नेपालले नयाँ दल खोल्न लागेको खुलासा गरिसकेका छन् । यसको खाका तयार भइसकेको बुझिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित नेताहरु झलनाथ खनाल, भीम रावललगायतलाई कारबाही गर्ने निश्चित भएपछि नयाँ दल खोल्न लागेका हुन् । नयाँ दलको नाम नेकपा समाजवादी हुनेछ । ऋषि कट्टेलसँग कुरा मिले नेकपा नै राखेर जाने तयारी समेत भएको छ त्यसैले अन्य
नयाँ खोल्न लागिएको दलको अध्यक्षमा माधवकुमार नेपाल रहेनछन् । बामदेव गौतम सहभागी भए उनी पनि सहअध्यक्ष हुने गरी तयारी भएको छ । वरिष्ठ नेतामा झलनाथ खनाल रहनेछन् । जनताको बहुदलीय जनवाद नै पार्टीको सिद्धान्त रहनेछ ।
महासचिवमा भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल रहनेछन्। अष्टलक्ष्मी शाक्य,राजेन्द्र पाण्डे युवराज ज्ञवाली ,रगुजी पन्त, बेदुराम भुसाल उपाध्यक्ष रहनेछन् । उपमआसचिवमा योगेश भट्टराई र गोकर्ण विस्ट रहनेछन्।। सचिवमा रामकुमारी झाँक्री र ठाकुर गैरे रहनेछन् । नेपालसँग साथमा रहने र कठिन समयमा साथ दिनेहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइनेछ ।
पार्टीमा अधिकांश युवाहरुलाई स्थान दिने तयारी भएको छ । महिलालाई पदाधिकारीमा बढी स्थान दिने गरी तयारी भएको बुझिएको छ ।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग सहकार्य या एकीकरण गरेर जाने गरी तयारी समेत भएको छ ।