आकस्मिक स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली शीतल निवासमा
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिसँग भेट गर्न शीतल निवास पुग्नुभएको छ । बिहीबार बिहान नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक बोलाउनु भएको उहाँले उक्त बैठक सकेर शीतल निवास जानुभएको हो ।
प्रधानमन्त्रीले यही वैशाख २७ गते संसदमा विश्वासको मत लिन लाग्नुभएको छ । सोही सन्दर्भमा उहाँले अन्य दलहरुसँगको संवाद र भेटघाट पनि तीव्र पार्नुभएको छ ।
स्थायी कमिटी बैठकमा पनि २७ गते बाेलाइएकाे प्रतिनिधिसभाको विशेष अधिवेशन बैठक, अन्य दलहरूसँग भएका छलफल र समसामयिक विषयमा केन्द्रित भएको बताइएको छ ।
प्रधानमन्त्रीले यिनै पछिल्ला विषयबारे राष्ट्रपतिलाई जानकारी गराउने र उहाँबाट आवश्यक परामर्श लिने बताइएको छ ।