ओली-नेपालले १० जनाको कार्यदल बनाए
नेकपा एमालेभित्रका विवाद मिलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ।
आज सिंहदरबारमा भएको दुई जनाको छलफलले १० सदस्यीय कार्यदल बनाउने निर्णय गरेको नेता नेपालले जानकारी दिए। कार्यदलमा टोलीमा नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।
यस्तै ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्।
यो कार्यदलले तीन दिनभित्र पार्टीमा देखिएका विवाद समाधान गर्ने नेता नेपालले बताए। समय थप गर्नुपर्ने देखिए थप गर्न सकिने उनले जानकारी दिए।
आज सिंहदरबारमा भएको दुई जनाको छलफलले १० सदस्यीय कार्यदल बनाउने निर्णय गरेको नेता नेपालले जानकारी दिए।
कार्यदलमा टोलीमा नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्। यस्तै ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्।
यो कार्यदलले तीन दिनभित्र पार्टीमा देखिएका विवाद समाधान गर्ने नेता नेपालले बताए। समय थप गर्नुपर्ने देखिए थप गर्न सकिने उनले जानकारी दिए।