प्रधानमन्त्रीबाहेक अरू सबैले विश्वासको विपक्षमा मतदान गरौं- प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आग्रह गरेका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गुमाइसकेको भन्दै उनलाई भोट दिनपुर्ने कुनै आधार र कारण नभएको जिकिर गरे।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीले सबैले मलाई भोट हाल्छन् भन्नुभएको छ । तर, मेरो सबैलाई अपिल छ प्रधानमन्त्रीजीबाहेक सबैले विपक्षमा भोट हालौं नयाँ इतिहास बन्छ।’