माधव नेपालसहित ३२ सांसदलाई एमालेले स्पष्टीकरण सोध्यो
नेकपा (एमाले) ले माधवकुमार नेपाल पक्षीय ३२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । नेपाल पक्षीय संघीय २७ र प्रदेश सांसद ५ सहित ३२ जनालाई मंगलबार स्पष्टीकरण सोधेको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
‘माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ जनालाई आज पत्र पठाइएको छ’, रिजालको भनाई छ । उनीहरुमाथि पार्टी विधि विधान उलंघन गरेको आरोप लगाइएको छ ।
स्पष्टीकरण पत्रमा तीन दिनभित्र प्रष्टिकरण पेश गर्न भनिएको छ । ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?’ स्पष्टिकरण पत्रमा प्रश्न सोधिएको छ ।