रामचन्द्र पौडेलका भाइ गोविन्दराजको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।
आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको थियो। बैठकमा पेश गर्ने एजेन्डाबारे आइतबार पदाधिकारी र पूर्वपदाधिकारी बैठकसमेत बसेको थियो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाले बैठक स्थगित गर्न निर्देशन दिएकोले बैठक स्थगित गरिएको बताए। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पारिवारिक शोक परेकोले केन्द्रीय समिति बैठक स्थगित गरिएको पौडेलले बताए।
पौडेलका माइला भाइ गोविन्दराज पौडेलको सोमबार निधन भएको थियो।
अब बैठक कहिले बस्छ भन्ने मिति तोकिएको छैन। क्रियाशील सदस्यता वितरण र नवीकरणका काम गर्ने समय आजसम्म थियो। आजको बैठकले क्रियाशील बाँड्ने समय थप गर्ने बताइएको थियो।