केपी ओलीको दम्भ धरहराभन्दा माथि उक्लिएको छ : माधव नेपाल
नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नभएको निष्कर्ष सुनाएका छन् । ओलीसँग बुधबार भएको भेटले थोरै आश जागेपनि बिहीबार ‘आफ्नो निर्णय माने मान, नमाने पार्टी छाड्न’ भन्ने शैली देखाएको उनले बताए ।
पार्टी अध्यक्ष ओलीसँग दुई दिन भएको वार्ताको फेहरिस्ता सुनाउँदै नेता नेपालले शुक्रबार जनकपुरधाममा भने, ‘केपी ओली कुनै पनि हालतमा एकताको पक्षमा हुनुहुन्न । उहाँमा माने मान, नमाने बाटो खुला छ भन्ने दम्भ छ ।’
नेता नेपालका अनुसार अध्यक्ष ओलीले शुक्रबार बोलाएको बैठकमा आए तपाईको ६ महिनाको कारबाहीबारे विचार गरौंला भनेका थिए । ‘मैले भनेँ, तपाईले मलाई पार्टीबाट निकाल्ने ? जो माधव नेपालले आन्दोलन र संगठन सञ्चालन गर्दै आएको छ, कसैले निकालेर निक्लिने बाला छैन भनेँ’ नेता नेपालले भने ।
अध्यक्ष ओलीसँग दुई दिन भएको भेटबाट आफूले निकालेको निष्कर्ष सुनाउँदै उनले एमाले नेता नेपालले भने, ‘केपी ओली कुनै पनि हालतमा एकताको पक्षमा हुनुहुन्न । उहाँ माने मान, नमाने बाटो खुला छ यो ढंगको अहंकार, दम्भ छ ।’
केपी ओलीका दम्भहरु धरहराभन्दा माथि उक्लिएको वरिष्ठ नेता नेपालले बताए । शुक्रबार भएको भेटमा अध्यक्ष ओलीले धरहरा हेर्दा त्यही दम्भ देखाएको भन्दै उनले भने, त्यो दम्भको कुनै अर्थ छैन । हामी आन्दोलन र पार्टी छोड्दैनौं ।’