खनाल-नेपाल पक्ष को नेकपा एमाले गोरखा-काठमाडौं सम्पर्क मञ्च गठन : अध्यक्षमा विष्णु खनाल
नेकपा एमाले गोरखा -काठमाडौं सम्पर्क मञ्चले पार्टीको अग्रज नेता विष्णु खनालको अधक्ष्यतामा ५१ सदस्य गोरखा काठमाडौं सम्पर्क मञ्च गठन गरेको छ ।
काठमाडौंको गंगबु स्थित स्काई पार्टी प्यालेसमा शनिबार सम्पन्न भेलाले अध्यक्षमा विष्णु खनाल,उपाधक्ष्य चेतबाहादुर अधिकारी,सचिव रञ्जन दवाडी, सह सजिव प्रभाकर जंग थापा, कोषाध्यक्ष मुक्तिनाथ लामिछाने सदस्य राजु राना,खगेन्द«जंग थापा, कुमारजंग थापा ,रञ्जन घिमिरे, आशा केशी लगाएत ५१ सदस्य कमिटि गठन गरेको छ ।