जानकीदेवी रामद्वारा पद तथा गोपनीयताको शपथ
नेकपा एमालेबाट जानकीदेवी रामले संघीय सांसदको पद तथा गोपनीयताको शपथ लिएकी छन् । प्रतिनिधि सभा सदस्य सानु शिवाको निधनपछि रिक्त पदमा उनलाइ ल्याइएको हो।
आइतबार सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारमा समावेशी समूहबाट समानुपातिकतर्फ जानकीदेवी रामलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।