आज पनि मेरियट होटलमा ओली-नेपालबीच भेटवार्ता सुरु
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता सुरु भएको छ ।
एमाले पार्टी भित्र देखिएको विवाद समाधान गरी अगाडी बढ्न ‘वान टु वान’ वार्ताका लागि ओली र नेपाल केही समय अगाडि मेरियट पुगेको बताइएको छ ।
नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच केही बेरअघि वार्ता सुरु भएको हो । बुधबार साँझ दुवै नेताबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । बुधबार ओली र नेपालबीच भएको भेटले लामो संवादहिनता तोडेको छ।