म्यान्मारमा इन्टरनेट पनि बन्द गरियो
म्यान्मारमा इन्टरनेट बन्द गरिएको छ।
म्यान्मारको सैनिक सत्ताले कूविरुद्ध हजारौँ मानिसहरू ठूलो र्यालीमा सहभागी भएपछि इन्टरनेट बन्द गरिएको हो । इन्टरेनटमा करिब पूर्ण अवरोध छ र सामान्य अवस्थाको इन्टरनेट सम्पर्क सेवा १६ प्रतिशतमा झरेको जनाइएको छ।
त्यहाँको मुख्य सहर याङ्गुनमा भिडले सैन्य शासकको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजी गरेको बताइएको छ । दङ्गा प्रहरीहरूले सहरको मुख्य भागमा मुख्य मार्गहरू बन्द गरेका छन्।
प्रदर्शनका निम्ति मानिसहरू परिचालन गर्न नदिन सेनाले इन्स्टाग्राम र ट्विटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा बन्द गरिएको जनाइएको छ।
एक दिनअघि फेसबुकमा प्रतिबन्ध लगाइएको थियो।