म्यानमारमा सेनाले फेसबुक बन्द गरिदियो
सैनिक शासनको विरोध भएपछि म्यानमारले अस्थायी रूपमा फेसबुक बन्द गरेको छ।
म्यानमार टाइम्सका अनुसार यातायात तथा सञ्चार मन्त्रालयले मोबाइल अपरेटर तथा इन्टरनेट प्रदायकहरूलाई अस्थायी रूपमा फेसबुकलाई बन्द गर्न बुधबार निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार बिहीबार फेसबुकलाई अस्थायी रूपमा बन्द गरेको मोबाइल अपरेटर टेलिनोर म्यानमारले बताएको छ।
'म्यानमारमा टेलिकम प्रदायकहरूलाई फेसबुक अस्थायी रूपमा बन्द गर्न निर्देशन दिइएको छ। त्यँहाका नागरिकले आफ्नो परिवार र साथीहरूसँग कुराकानी गर्न सकोस् र महत्वपूर्ण सूचनाहरूको पहुँचमा रहोस् भनेर कनेक्टिभिटीलाई पुन:स्थापना गर्न हामी अधिकारीहरूसँग आग्रह गर्न चाहन्छौं,' फेसबुकका प्रवक्ताले भने।
फेसबुकले आफ्नो राष्ट्रमा अस्थिरता ल्याएको भन्दै सरकारले बन्द गर्न लगाएको हो।