नेकपा विवादमा चिनको सक्रियताबारे भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेक चीनबाट उच्च तहका नेताको नेतृत्वमा एक टोली यही पौष १२ गते, आइतबार काठमाडौं आइपुगेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी नेकपाभित्र विवाद बढ्दै गएपछि प्रतिनिधिसभाको विघटन गरेपछि नेपालमा राजनीतिक संकट गहिरिँदै गएको हो ।
चीनबाट चिनियाँ कम्युनिस्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोली काठमाडौं आएका थिए। उक्त टोली बेइजिङबाट छङ्तुको बाटो हुँदै आइतबार मध्यान्हतिर काठमाडौं उत्रिएका थिए ।
वेइजिङस्थित उच्च कूटनीतिक स्रोत र नेपालस्थित नेकपा स्रोत अनुसार चिनियाँ टोली चार दिन नेपालको राजनीतिक घटनाक्रम बुझ्नुका साथै राष्ट्रपति सी चिनफिङको सन्देश पनि प्रवाह गरेका थिए ।
नेकपाका एक नेताका अनुसार नेपालमा रहेकी चिनियाँ राजदूत होउ यान्छीले पनि पहिलेदेखि नै नेकपामा विवाद आएपछि पार्टी फुट्न नहुने र मिलेर जान आग्रह गरिरहेकी थिइन् । होउले नेकपामा पटक–पटक विवाद हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेकपाका नेताहरुको निवासमा ‘घरदैलो’ कार्यक्रम गर्दै मिलेर जान आग्रह गरिरहेकी थिईन् ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे हालसम्म नबोलेको चीनले राजदूत होउलाई नेकपाका नेताहरुलाई भेट्न पठाएर अझै मिलेर जानको लागि आग्रह गर्दै आइरहेकी छन् ।
त्यस्तै पौष १३ गते नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका थिए । आइतबार बेलुकी उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका उनले सोमबार प्रचण्डलाई भेटेका चिनियाँ उपमन्त्रीको टोली खुमलटारमा पुगेको थियो ।
पौष १९ गते आईतबार भने भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजनीतिक कोर्सलाई प्रभावित पार्ने कोसिस जारी राखेको र तीन सदस्यीय टोलीलाई काठमाडौंमै राखेको दावी गरेको छ ।
सो पत्रिकाले काठमाडौंमा रहेको चिनियाँ टोलीले नेपाली राजनीतिज्ञहरुलाई भेटघाट गरिरहेको समेत दाबी गरेको छ । उच्च स्रोतलाई उल्लेख गर्दै सो पत्रिकाले भनेको छ, ‘चीनले नेपालमा गुप्त प्रयास गरिरहेको छ । अहिले चिनियाँ कम्युनिष्ट पार्टीको तीन सदस्यीय टिमलाई कार्यभार सुम्पिएको छ ।’
नेपालको मामिला लामो समयदेखि हेरिरहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु अहिले काठमाडौंमा रहेको भन्दै सो पत्रिकाले ती अधिकारीहरुको नाम नै प्रकाशित गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विवाद बढेपछि चिनले नेपालमा राजनीतिक सक्रियता तीव्र बनाएको छ । प्रतिनिधिसभा विघटनपछि विकसीत राजनितिक घटनाक्रमलाई नजिकबाट नियाल्न चिनियाँ कम्युनिस्ष्ट पार्टीका नेताहरु काठमाडौंमा विभिन्न नेताहरुसँगको भेटघाट र छलफलमा व्यस्त छन् ।
यसरी पटक पटक नेपालको राजनितिक मुद्धामा चीन निकै नै सक्रिय भएको अवस्थामा नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस संस्थाले नेपालमा हालसम्म २८ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रशनहरु छन् ।
यी प्रश्नहरुले नेकपालाई फुट्नबाट जोगाउन विदेशी नेता आउनुले नेपालमा विदेशी हस्तक्षेप बढेको, चिनले नेकपालाई फुट्नबाट जोगाउन सक्ने वा नसक्ने कुराहरु समेटेका छन् ।
मतदान गर्नको लागी :