अभिव्यक्ति स्वतन्त्रमाथि आजभन्दा पहिले यति ठूलो हमला कहिल्यै भएनः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अभिव्यक्तिको स्वतन्त्रतामा अहिले जति हमला कहिल्लै नभएको बताएका छन् । टेक्ससमा अमेरिका र मेक्सिकोबीच बनेको पर्खाल हेर्न गएका ट्रम्पले ट्रम्पले आज अभिव्यक्ति स्वतन्त्रतामाथि जति हमला भइरहेको छ, त्यति हमला पहिले कहिल्यै नभएको बताएका छन् ।
सोही अवसरमा ट्रम्पले २५ औं संशोधनले मलाई कुनै खतरा छैन तर यसले बाइडेन र बाइडेनको प्रशासनलाई नै हानी हुने बताएका छन् । ट्रम्पले थपे, ‘महाभियोगको भ्रम इतिहासको सबैभन्दा ठूलो विच हन्टको हिस्सा हो । अब हाम्रो जनताको घाउमा मलहम लगाउनु हो । शान्ति र स्थिरताको समय हो ।’