अमेरिकामा डेमोक्रेटिक पार्टीको कार्यालयमा तोडफोड
अमेरिकी राष्ट्रपति जो बाइडेनले सपथ लिएको केही घण्टापछि पोटल्यान्डमा प्रदर्शनकारीहरुले डेमोक्रेटिक पार्टीको कार्यालय तोडफोड गरेका छन् । प्रदर्शनकारीहरुले कार्यालय भवन र झ्यालमा क्षति पुुर्याएका थिए । उनीहरुले पुलिसविरुद्ध तथा नारा लगाए ।
पोटल्यान्ड प्रहरीका अनुसार आपराधिक काम, उपकरणमाथिको कब्जार, हुलदङ्गालगायत आरोपमा ८ जनालाई पक्राउ गरिएको छ । डेमोक्रेटिक पार्टीको ओरेगन राज्यले एक विज्ञप्ति जारी गर्दै आफ्नो भवनमा भएको आक्रमण पहिलो नरहेको जनाएको छ । पार्टीका अनुसार पहिले पनि यस्तो हुने गरेको थियो ।