एनआईसी एशिया बैंक र भीजी अटोमोवाइल्स प्रालिबीच सम्झौता
एनआईसी एशिया बैंक र भीजी अटोमोवाइल्स प्रालिबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले भीजी अटोमोवाइल्स लिमिटेडबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार रुपैयाँ नगद छुट तथा ३ हजार रुपैयाँ नगद फिर्ता गरी कुल १५ हजार रुपैयाँ छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यो योजना २०७७ साल ५ मंसिरसम्म लागू हुनेछ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र भीजी अटोमोवाइल्सका तर्फबाट उप–महाप्रबन्धक धिरज भट्टराईल हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात् ग्राहकको दुई पाङ्ग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता मिल्ने बैंकले विश्वास लिएको छ । बैंकका ग्राहकले क्रेडिट कार्ड लिनका लागि अनलाइनबाटै सहज रुपमा आवेदन दिन सक्ने व्यवस्था समेत गरेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न आकर्षक योजनाहरू सञ्चालन गर्दै आएको छ ।