८ किलोग्राम अफिम सहित पाँच जना पक्राउ
प्रहरीले चेकजाँचको क्रममा लागुऔषध अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्लास्थित रोल्पा सुनिलस्मृति गाउपालिका-२ खुङग्रीस्थित रोल्पा-भालुवाङ सडक खण्डमा इलाका प्रहरी कार्यालय खुङग्रीको चेक जाँचको क्रममा लागुऔषध अफिम सहित पाँच जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले सुलिचौरबाट दाङतर्फ जादै गरेको बा १५ च ३७७६ नम्बरको स्कारपियो गाडि चेकजाँच गर्ने क्रममा ८ किलो ३ सय ग्राम अफिमसहित तीन महिला र दुई पुरूष पक्राउ गरिएको बताए ।
पक्राउ पर्नेमा रुकुम भुमे गाउपालिका ४ का ३७ वर्षीय ज्योति घर्ती, सोही स्थानका ३० वर्षीया निशा पुन, दाङ हारपुर गाउपालिका- ६ रवानाका ४५ वर्षीय दिलप्रभा बुढा, सुर्खेत गुरवाकोट नगरपालिका-९ चिसापानीका ३३ वर्षीय मोतीलाल परियार, रोल्पा सुनछहारी गाउँपालिका- १ सेराम घर भई हाल दाङ घोराई-४ राप्तीटोल बस्ने ३५ वर्षीय याम बहादुर घर्ती मगर रहेका छन् ।
गाडी सहित प्रहरीको नियन्त्रमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवत्ता प्रहरी निरीक्षक शंकर खड्का जानकारी दिए ।