प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न
प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न बिहीबार काठमाडौको नक्सालस्थित म्यारियट होटलमा सम्पन्न भयो । उक्त सभा कम्पनीका अध्यक्ष डा आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।
साधारणसभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा। आत्माराम घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५र७६ को वासलात, नाफानोक्सान हिसाब, नगदप्रवाह विवरणलगायत वित्तीय विवरणहरू समेत पारित गरेको छ ।
२०६४ सालमा दर्ता भई २८ मंसिर २०७४ देखि बीमा व्यवसायको कारोबार संचालन गर्दै आएको यस कम्पनीको सञ्चालक समितिमा अध्यक्ष डा। आत्माराम घिमिरेलगायत संचालक सदस्यहरूमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेशबहादुर मल्ल तथा प्रभु बैंकको तर्फबाट मनिराम पोखरेल रहेका छन् ।