‘संस्कार’ फिल्मको गीतमा निशान र अस्मिताको स्वर
काठमाडौं । किशोर चौधरीको निर्देशनमा ‘संस्कार’ नामक फिल्म निर्माण हुने भएको छ । फिल्ममा समावेश ‘चितवनको एअरपोर्ट..’ बोलको गीत बुधबार रेकर्ड भएको छ ।
किशोरकै शब्द र चन्द्रज्योति ढुंगानाको संगीत रहेको गीत गायक निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा रेकर्ड भएको हो ।
दिनेश कुवर निर्माता रहेको फिल्मको स्क्रिप्ट पनि निर्माता दिनेशले नै लेखेका हुन् । बास्सा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक कथामा बन्न लागेको हो ।
तिहारलगतै सुटिङ गरिने बताइएको फिल्ममा मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत रहने निर्माता दिनेशले जानकारी दिए ।
फिल्मको सहनिर्मातामा राजु अधिकारी,सुमन तेन्जल र हरि भण्डारी छन् । तनहुँ, पोखरा र वीरगंजमा खिचिने फिल्ममा दिनेश प्रमुख भूमिकामा रहने छन् ।