पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवालीलाई कोरोना संक्रमण
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण भएको छ। स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि ज्ञवाली होम आइसोलेसन बसेका छन्।
‘गत सोमबार उहाँको रिपोर्ट पोजेटिभ आएको हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘उहाँ होम आइसोलेसन बस्नुभएको छ।’ स्वाब परीक्षणको रिपोर्ट गत सोमबार बीर अस्पतालले दिएको थियो।
त्यसपछि ज्ञवालीको परिवारका सदस्यको पनि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको हो।