घ वर्गका लघुवित्तका लागि राष्ट्र बैंकले जारी गर्याे एकीकृत निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले घ वर्गका इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन २०७७ जारी गरेको हो ।
बैंकले आज एक सूचना जारी गर्दै राष्ट्र बैंक ऐन २०५८ काे दफा ७९ ले दिएकाे अधिकार प्रयाेग गरी उक्त निर्देशन जारी गरिएकाे जानकारी दिएकाे हाे ।
राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ तथा सो पश्चात २०७७ असोज ८ सम्म जारी गरिएका परिपत्र तथा संशोधनहरू एकीकृत गरी तयार पारिएको निर्देशनसमेतलाई समावेश गरी एकीकृत निर्देशन जारी गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहाेस् चिट्ठी:
