गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउन्टर सञ्चालन
पोखरा महानगरपालिका वडा नम्वर ९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंकले एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
एक्स्टेन्सन काउन्टरको आज गाण्डकी मेडिकल कलेजका प्राध्यापक प्रो.डा. रबिन्द्र श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गरे ।
काउन्टर सञ्चालनसँगै गण्डकी मेडिकल कलेजमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध हुनेछ । साथै सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम सरल एवं सहज रुपमा बैंकको एक्स्टेन्सन काउन्टरमा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
बिहान आठ बजेदेखि साँझ सात बजेसम्म काउन्टर सञ्चालन पश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ प्रणाली मार्फत भई प्रशासनिक सहजता प्राप्त हुने बैंकले विश्वास लिएको छ ।