यी हुन् सामान्य रुघाखोकी र कोरोना संक्रमणबीचका भिन्नता याद राख्नुहोस्
काठमाडौ । मौसम परिवर्तनसँगै मानिसलाई रुघाखोकीले सताइरहेको हुन्छ । सामान्य अवस्थामा लागेको रुघाखोकी कतै कोरोना भाइरस संक्रमणको लक्षण त होइन ? जनमानसमा द्विविधा हुन सक्छ । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले यस्तो द्विविधा हटाउनका लागि केही सुझावहरू दिएका छन् ।
के छ उनको सुझाव
जनस्वास्थ्य विज्ञ डा. पाण्डे लेख्छन्, अहिले मौसम परिवर्तनको समय हो । यो समयमा प्रत्येक बर्ष रुघाखोकी लागिरहेको थियो । कोरोना संक्रमण समुदायमा फैलिएको वर्तमान अवस्थामा रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेको संख्या धेरै छ ।
कोरोना संक्रमणका लक्षण –
यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफुले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने । तापक्रम, अक्सिजन हेरिरहने । आवश्यक परे पिसिआर टेस्ट गर्ने । चिकित्सकको सल्लाह बमोजिम उपचार गर्ने ।
साभारः जनबोली न्यूज नेटवर्क