जावाका दुई नयाँ मोडलका मोटरसाइकल आज साँझ लञ्च हुँदै
जावा ब्राण्डले नयाँ मोडलका दुईवटा मोटरसाइकल मंगलबार नेपालमा सार्वजनिक गर्दै छ । बहुप्रतीक्षित ब्रान्ड जावाले साँझ ७ बजे भर्चुअल लन्च गर्ने जनाएको हो ।
कम्पनीले दसैँअगाडि नै बिक्री सुरु गर्ने लक्ष्यका साथ यसअघि नै नेपालका मुख्य शहरमा डिलर माग गरेको थियो । क्लासिक लिजेन्डको उपमा पाएको यस ब्राण्डका जावा र जावा ४२ गरी दुई मोडल सार्वजनिक गर्न लागिएको हो ।
आज सार्वजनिक हुने जावा ४२ को मूल्य ६ लाख १० हजार रुपैयाँको हाराहारीमा पर्नेछ भने जावा क्लासिकको रूपमा परिचित जावा ३०० को मूल्य भने २० देखि २५ हजार बढी हुने अनुमान गरिएको छ ।