बीपी प्रतिष्ठानमा कोरोना संक्रमित २८ वर्षीया महिलाको मृत्यु
(काठमाडौं) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २८ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।
इनरुवा–४ सुनसरीकी ती महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार ती महिलामा अन्य दीर्घरोग थिएन ।