सिरियाविरुद्ध अमेरिकाद्वारा थप प्रतिबन्ध घोषणा
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले एक दर्जनभन्दा बढी सिरियाली नागरिक र संस्था विरुद्ध बुधबार नयाँ प्रतिबन्धहरु घोषणा गरेको छ । सिरिया सरकारविरुद्ध थप दबाब सिर्जना गर्न नयाँ प्रतिबन्धहरु घोषणा गर्नु परेको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिबन्ध घोषणा गरिएकाहरुमा सिरियाली गुप्तचर निकायका प्रमुख, सिरियाली केन्द्रीय बैंकका गभर्नर र एउटा व्यावसायिक संजाल रहेका छन् । अमेरिकी विदेश मन्त्रालयले पनि सिरियाली द्वन्द्वमा भूमिका रहेको भन्दै अरु तीन सिरियाली नागरिकलाई कालोसूचीमा राखेको छ ।