यो वर्ष लिगलिगे दौड नहुने
२० असोज, गोरखा । कोरोना महामारीका कारण यो वर्ष लिगलिगे दौड नहुने भएको छ । विगत दश वर्षदेखि उक्त प्रतियोगिता हुँदै आएको थियो ।
पालुङटारको चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किलोमिटरको दूरी पार गर्नुपर्ने उक्त प्रतियोगिताका बिजेतालाई राजा घोषित गरिन्थ्यो । श्रीपेच र पगरी लगाएर बजार परिक्रमा गराइन्थ्यो । तर कोरोना महामारीको परिस्थितीलाई मध्यनजर गर्दै यो वर्ष दौड हुने सम्भावना नरहेको पालुङटार नगरपालिका मेयर दिपकबाबु कँडेलले जानकारी दिए । सो प्रतियोगिताका लागि पालिकाले पाँच लाख रुपैयाँ रकम छुट्याएको थियो ।
यो वर्ष दौड नहुने पक्का भएको लिगलिग विकास अभियानका अध्यक्ष पूर्णबहादुर राना मगरले बताए । ‘अहिले कोरोना छ, २५ जनाभन्दा बढी भेला हुन नपाउने भन्ने छ, दौड गर्दा मानिसको संख्या धेरै हुन्छ, त्यसैले यो वर्ष प्रतियोगीता हुदैन,’ उनले भने ।