काठमाडौं उपत्यकाका ९३४ जनामा कोरोना संक्रमित
मंगलबार १५१३ जना कोरोना संक्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौं उपत्यकाका ९३४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौंमा ७४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ गरी ९३४ जना संक्रमित छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ।