कर्णालीमा कोरोनाको कारण तीन हजार बढीसंक्रमितको सङ्ख्या
कर्णालीमा कोरोनासंक्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्मसंक्रमितको सङ्ख्या तीन हजार २ सय ७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ७ सय ३१ रहेको छ ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा कर्णालीमा थप ४८ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा बुधबार गरिएको परीक्षणमा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
मन्त्रालयका अनुसार कर्णालीमा कोभिड–१९ का सक्रिय बिरामीको सङ्ख्या ५ सय ३९ रहेको छ । कर्णालीमा हालसम्म ७१ हजार ९ सय ९७ जनामा पीसीआर परीक्षण गरिएको छ । हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको छ ।
यस्तै, हालसम्म कर्णालीका विभिन्न जिल्लाका आइसोलेसनमा ४ सय ५८संक्रमित रहेका छन् ।
सुर्खेत जिल्लाका विभिन्न आइसोलेसनमा गरेर जम्मा ३ सय ३१ मध्ये प्रदेश अस्पतालमा ६५ जना, वीरेन्द्रनगर आइसोलेसन सेन्टरमा ६, वीरेन्द्रनगर होम आइसोलेसनमा २ सय ७, वीरेन्द्रनगर होटेलका आइसोलेसनमा १५, गुर्भाकोट आइसोलेसनमा २२, भेरीगङ्गा होम आइसोलेसनमामा २, बरहाताल आइसोलेसनमा ३ र सिम्ता आइसोलेसन सेन्टरमा ११ जना रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै देलेखमा २९संक्रमितमध्ये दैलेख अस्पताल र नारायण आइसोलेसन सेन्टरमा २, दुल्लु अस्पतालमा १, भैरवी आइसोलेसन सेन्टरमा ३, चामुण्डा आइसोलेसन सेन्टरमा ५, आठबिस आइसोलेसन सेन्टरमा १४ ठाटीकाँध आइसोलेसन सेन्टरमा ४ रहेका छन् ।
जारजरकोट अस्पतालमा २ र नलगाड आइसोलेसन सेन्टरमा ३ गरेर जाजरकोटमा ५संक्रमित रहेका छन् ।
सल्यानका ४८ जनामध्ये सल्यान क्याम्पस आइसोलेसन सेन्टरमा ७, बनगाड कुपिण्डे आइसोलेसन सेन्टरमा ३९ र छत्रेश्वरी आइसोलेसन सेन्टरमा २ जना, रुकुमका विभिन्न आइसोलेसनमा ४० जनासंक्रमित रहेका छन् ।
मुगुमा १, डोल्पामा ४संक्रमित आइसोलेसन सेन्टरमा रहेको मन्त्रालयले जनाएको छ । रासस
साभारः शिलापत्र